प्रादेशिक आयुर्वेद अस्पताल ,लखनपुरमा परम्परागत चिकित्सा प्रणालीको संरक्षण र प्रवर्दँन गर्ने एक महत्वपुर्ण स्वास्थ्य संस्था हो । यस अस्पतालको शिलान्यास सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्युबाट २०७५ साल भाद्र ६ गते भई अस्पतालको भवन निर्माण श्री सघन शहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय ईलामद्वारा भएको हो। नेपाल सरकार मन्त्रिपरिषद्द्वारा मिति २०७८/१२/०६ गते उक्त भवन सहित भौतिक संरचना कोशी प्रदेश सरकारलाई उपयोग एवं सञ्चालन समेत गर्ने गरी उपलब्ध गराउने निर्णय भए पश्चात कोशी प्रदेश मन्त्रिपरिषद्को मिति २०७९/०४/१० गते बैठकले पूर्वाचल क्षेत्रीय आयुर्वेद चिकित्सालय,झापाको नाम संशोधन गरी प्रदेशिक आयुर्वेद अस्पताल ,लखनपुर कायम गरिएको थियो।